४० औं राष्ट्रिय शिक्षा४० औं राष्ट्रिय शिक्षा दिवस, ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस र निजामति सेवा दिवसको अवसरमा देवदह नगरपालिकाद्वारा आयोजित कार्यक्रममा प्रदेश ५, का अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुहुदै
प्राचिन कोलीय राज्यको राजधानी देवदह नेपालको ५ नं प्रदेश अन्तर्गत रुपन्देही जिल्लामा पर्दछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि ३५ किलोमिटर उत्तर पूर्वमा अवस्थित देवदह ऐतिहासिक एवं बुद्धको मावलीस्थलको रुपमा प्रशिद्ध रहेको छ । नेपाल सरकारको २०७१ बैशाख २५ गतेको निर्णय अनुसार साविकका देवदह र केरवानी गा.वि.स. मिलेर देवदह नगरपालिका संचालनमा आएकोमा नेपाल सरकारको मिति २०७३।११।२७ मा प्रकाशित राजपत्र अनुसार साविक सिक्टहन गा.वि.स. थप भइ हालको देवदह नगरपालिका बनेको हो ।
यस नगरपालिकामा २०६८ को जनगणना अनुसार ५३५२३ जनसंख्या रहेको छ । यस नगरपालिकाको पूर्वमा नवलपरासी जिल्ला पश्चिममा बुटवल उप महानगरपालिका र तिलोत्तमा नगरपालिका उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा ओमसतिया गाउपालिका बिचमा पर्यटकीय नगरी को रुपमा रहेको छ । १३५.९५ वर्ग कि.मि. क्षेत्रफल रहेको यस नगरपालिकामा १२ वडा रहेका छन् ।
कृषि तथा उद्योगको पर्याप्त सम्भावना रहेको, गौतम बुद्धको मावली गाँउ, प्राकृतिक श्रोत र साधनको उपलब्धता भएको , विभिन्न जातजातीहरुको सांस्कृतिक सम्पदाको भण्डार रहेको हुँदा धेरै सम्भावना भएको नगरको रुपमा रहेको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धि अभिमुखिकरण कार्यक्रमका झलकहरु
देवदहमा डेंगु रोग नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रमका झलकहरु
४० औं राष्ट्रिय शिक्षा दिवस, ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस र निजामति सेवा दिवस-२०७६को अवसरमा देवदह नगरपालिकाद्धारा आयोजित कार्यक्रम झलकहरु
४० औं राष्ट्रिय शिक्षा दिवस, ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस र निजामति सेवा दिवसको अवसरमा देवदह नगरपालिकाद्धारा आयोजित कार्यक्रममा प्रदेश ५, का अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुहुदै